बलियो बन्दै साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्ममा छोटो समयमा नै लोकप्रिय भएकी अभिनेत्री हुन् । जसलाई, नेपाली फिल्मले अहिले खुबै खोज्छ । साम्राज्ञीको करिअरमा छोटो समयमा नै आएको उतारचढाव पनि सबैका लागि प्रेरणादायी छ ।

आलोचना, आरोप र प्रशंसाको घेरामा उनी छिन् । यो घेराबाट पनि उनले आफूलाई अगाडि बढाएको देखिएको छ ।

साम्राज्ञीले आज परेको नारी दिवसमा यस्तै भावको स्टाटस कोरेकी छिन् । उनका अनुसार, उनका यी कुरा बलिया महिलाहरुका लागि हो । म उनीहरुलाई जान्न चाहन्छु, म उनीहरुसँग हुन चाहन्छु, म उनीहरुलाई माथि उठाउन चाहन्छु । साम्राज्ञीको यो कुराले उनी बलियो छिन् भन्ने देखाएको पनि छ ।

फिल्ममा आएपछि हल्लै हल्लामा पनि कहिलेकाही क्रेज घट्न सक्छ । साम्राज्ञीले यी सबै कुरा पार गरिसकेकी छिन् । यसैले पनि होला उनी हिजोआज आफू पनि बलियो बन्न चाहन्छिन् र बलिया महिलाहरुसँग नजिक हुन चाहन्छिन् ।

साम्राज्ञी आफू पनि बलियो भएर बलियो सिनेमा खेलेमा आलोचनाले केही पनि गर्न सक्दैन भन्नेमा ढुक्क देखिएकी हुन् त ?