मनिष र एकतारेको ‘रकेट’

संगीतकर्ममै रमाइरहेका युवाहरूले स्थापना गरेको एबीमिडियाले गीत ‘रकेट’ सार्वजनिक गरेको छ । संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट…’ मा गायक मनिष ढकालको आवाज रहेको छ । रिकेश गुरुङले संगीत संयोजन गरेको गीतको ध्वनी मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन् । भिडियोमा गायक मनिष ढकाल तथा एकतारले नै अभिनय गरेका छन् ।