प्रियंका र निराजनको ‘के पो भनम्ला?’

प्रताप दास र छनु गुरुङको आवाजमा ‘के पो भनम्ला’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द दिपक शर्माको रहेको छ  भने संगीत संयोजन नरेन्द्र वियोगीको रहेको छ । भिडियोमा प्रियंका कार्की र निराजन प्रधानको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । सुब्रत राज आचार्यको निर्देशन रहेको भिडियो सम्पादन नबिन निरौलाले गरेका हुन् ।