के मेलिना गालीबाट बच्न खोजेकी हुन् ?

गायिका मेलिना राइले फिल्म ‘यात्रा’ को चट्ट रुमाल बोलको गीतमा आवाज भरेर पनि यही गीतको निन्दा गरिन् । उनले, गीत नराम्रो हुनुमा यसको टिम नै गलत भएको भन्दै आफ्नो बचाउ पनि गरेकी छिन् । मेलिना राइले त आफूले २ पटक गीत गाएको मात्र बताएकी छैनन्,  नयाँ भर्सनमा गीत रेकर्ड गराएर पुरानै थोत्रे गीत राखिएको बताइदिइन् ।

मेलिनाले आक्रोश पोखेर आफ्नो बचाउ त गर्न खोजेकी छिन् । तर, यो गीतमा मुख्य आवाज नै उनको भएकाले उनी यसरी आक्रोशित भएर मैले गल्ती गरेको छैन है भन्न मिल्छ होला र ?

यो गीतको सबैभन्दा बढी आलोचना गायकको स्वरमा छ । गायिकाको स्वरमा औषत गाली गरिएको छ । कोरियोग्राफीमा पनि खुबै आलोचना छ । कलाकारको प्रस्तुतिमा पनि गाली नै गाली छ ।

पुरानो गीत रिएरेन्ज गर्दा दर्शकको अपेक्षा पुरा हुन्न भन्ने त मेलिनालाई पनि थाहा थियो होला ? उनले यो कुरा थाहा हुँदा हुँदै पनि किन गीत गाएकी होलिन् ? हिट गीत गाउँदा फाइदा हुन्छ भनेर आवाज दिने अहिले गीतमा गाली आएपछि आफू बच्न खोज्ने उनको यो तरिका हजम हुने खालको छ र ? कि मेलिनाको आवाजमा यसको  टिमले अन्याय नै गरेको हो ?