हट बन्न विदेश पुग्छिन् बेनिशा ?

अभिनेत्री बेनिशा हमालले थाइल्याण्ड भिजिटका क्रममा सामाजिक संजालमा राखेको विकिनी फोटो हिट भयो । बेनिशा हमाल नेपाली फिल्ममा परिचित नाम त हो, तर उनी दर्शकको नजरमा अझै पर्न सकेकी छैनन् ।

तर, उनी आफ्नो स्वास्थ्यमा भने खुबै ध्यान दिन थालेकी छिन् । यसैले पनि बेनिशालाई अहिले फिगर शो देखाएर हट बन्ने सोच उनका आएको हुनुपर्छ ।

बेनिशा हमाल अहिले इन्डोनेसियाको बालीमा पुगेकी छिन् । बालीमा पुगेर बेनिशा हट मात्र बनेकी छैनन्, उनी मस्ती मुडमा देखिएकी पनि छिन् । बेनिशा हमालले कतै घुम्न जाँदा आफ्नो मुटुलाई पनि एकसाथ लिएर हिड्नुपर्ने लेखेकी छिन् ।

अभिनेत्री बेनिशा हमालको थाइल्याण्डपछि अष्ट्रेलियामा पुग्दा पनि उनको हट फोटो देखिएको थियो ।

गर्मी महिना लागेसँगै अभिनेत्री बेनिशा हमाललाई पनि हट बन्ने सोच पलाउँछ क्यारे ।

बेनिशा अहिले फिल्म भन्दा पनि टुरमा बढी रमाएकी छिन् । तर, उनी यो समयमा केही फिल्म पनि गर्ने तयारीमा छिन् ।

बाली पुगेर आकर्षक बनेकी बेनिशाको फोटो तपाइलाई कस्तो लाग्यो ?