प्रदिपको फिल्मलाई चोरीको बात लाग्यो

- दिक्षा कट्टेल / मेरो फिल्म

अभिनेता प्रदिप खड्का फिल्म बनाउनु भन्दा अघिको समयमा होमवर्क गर्नेदेखि टिम पनि छान्ने कुरामा सक्रिय छन् । प्रदिप हिरो र निर्माता दुबै बन्न खोज्दा कहिलेकाही त समस्या पनि आउँछ ।

समस्याको कुरा नै गर्दा, उनले अभिनय गरेको फिल्म लभ स्टेशनलाई चोरिको बात लागेको छ । फिल्मको ट्रेलरमा समावेश पहिलो दृश्यलाई चोरीको बात लागेको छ ।

चोरी पनि यसरी गरिएको छ कि, दृश्य हुबहु मिल्छ र त्यसरी नै खिचिएको छ । टर्कीको एउटा फिल्म ‘हर से असक्तन’ को दृश्य र लभ स्टेशनको दृश्य एउटै लाग्छ ।

यसरी दृश्य नै हुबहु उतारिएपछि कतै यो फिल्म टर्कीको यो फिल्मबाट कपी गरिएको त होइन भन्ने पनि चर्चा हुन थालेको छ ।

यसरी हुबहु सिन चोर्ने र त्यही नै खिच्ने आइडिया कसको होला ? प्रदिपको, लेखकको या निर्देशकको । खिच्न त निर्देशकले नै खिचेका होलान् । टर्कीको फिल्म नेपालमा कसले हेर्छ र भन्ने सोचेर पनि यो काम गरिएको होला ।

तर, यसरी चोरीको बात लाग्यो भने त समस्या प्रदिपलाई  पनि हुन्छ नी । प्रदिपले यो बारेमा अहिले नसोचे कहिले सोच्ने त ?

२०७५ फागुन २७ गते १५:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *