जनैपुर्णिमामा ‘हजार जुनी सम्म’

विकासराज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ को प्रदर्शन मिति तय भएको छ । फिल्म साउनको ३० गते जनैपुर्णिमाबाट नेपालभर प्रदर्शन हुनेछ ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सलोन बस्नेत, स्वस्तिमा खड्का तथा नयाँ कलाकार अकी प्रधान रहने छन् । आचार्यको नयाँ फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहेको छ । विशाल चाम्लिङको निर्माणमा तयार भएको फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको हो ।