ठ्याक्कै कपी कसरी साधारण कुरा होला प्रदिपजी ?

अभिनेता प्रदिप खड्का बोल्नमा सिपालु छन् । उनी, कुनै पनि कुरालाई घुमाएर मिलाएर बोलिदिन्छन् । तर, बोल्दा कहिलेकाही होस नपुर्याउँदा उनको आलोचना पनि हुने गर्दछ ।

अभिनेता खड्का फिल्म लभ स्टेशनमाथि भरोसा गरेर बसेका छन् । उनी, यो फिल्म पनि चलेन भने तनाव हुन्छ भन्नेमा सजग छन् । किनकी, यो बर्ष नै उनको फिल्म रोज असफल भैसकेको छ ।

तर, लभ स्टेशनको ट्रेलर रिलिज भएपछि विवादमा फसेको छ । फिल्मको दृश्य टर्की फिल्मको दृश्यसँग ठ्याक्कै मिलेपछि फिल्म नै कपी होकी भन्न थालिएको छ ।

तर, अभिनेता खड्का भने यो कपी नभएको र यसरी मिल्नुलाई साधारण मान्छन् । विश्वभरमा बसेका मानिसहरुले धेरै बिषयमा फिल्म बनाउँदा सोच मिल्न गएको प्रदिपले बताइदिए ।

तर, सोच मिल्न गएपनि दृश्य त्यो भने हरेक सर्ट कसरी मिल्छ होला ? यो त टर्कीको फिल्म हेरेरै खिचिएको हो भन्ने कुरामा सामान्य मान्छे पनि जानकार छन् ।

तर, कमजोरी ढाक्नका लागि साधारण कुरा हो, सोच मिल्न सक्छ भनेर उम्कन नेपाली फिल्मका सुपरस्टारले मिल्ला र ?

यसरी कमजोरी ढाक्नु भन्दा राम्रो लागेकाले तानेका हौं भन्दिए भैगयो त ! प्रदिपजी यस्ता कुरामा बच्नुहोस् है बच्नुहोस्, दिन सधै एउटै मान्छेको हुँदैन ।