भिकारीको ‘पञ्चामृत’

गीतकार अर्जुन भिकारीको शब्दमा तयार भएको एल्बम ‘पञ्चामृत’ सार्वजनिक भएको छ । संगीतकार सुनिल मास्केको संगीत रहेको एल्बमलाई गीतकार यादव खरेल, गायक दीप श्रेष्ठ र संगीतकार शम्भुजित बास्कोटाले विमोचन गरेका छन् । एल्बममा धनले होइन मनले , जवानीको ऐना हजुर , परैदेखि , मन मनै त हो , तिम्रा ति झुटा’ बोलका गीत समावेश छन् । जसलाई क्रमशः सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् ।