‘शुभ लभ’ गीत “टुक्रीयो एउटा सपना” सार्वजनिक

ज्योतिष हरिहर अधिकारी मुख्य भूमिका रहेको फिल्म ‘शुभ लभ’को गीत “टुक्रीयो एउटा सपना” रिलिज गरिएको छ । गीतमा बिशाल निरौलाको आवाज रहेको छ भने शब्द र संगीत बिशाल निरौलाकै रहेको छ । फिल्मका मुख्य कलाकार हरिहर अधिकारी र  नव नायिका कृष्टिना पौडेल गीतमा फिचर्ड छन् ।

सन्तोष बाबु लोहनीको निर्देशन रहेको लभ स्टोरी फिल्ममा हरिहर र कृष्टिनीसँगै प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेको छ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहेको छ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको छ । फिल्म ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने छ ।