जे पर्ला पर्ला (भिडियो)

‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा‘’ बोलको गीतका रचनाकार र ‘भाइरल भयो’ गीतका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । ‘जे पर्ला पर्ला’ बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् ।
डिआईडिका सेमीफाईनलिस्ट सुरज मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रिक्की कर्माचार्यको सम्पादन छ । गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुरज मार्पा तामाङ हुन् । गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन् । आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शक/स्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुरज मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छ ।