पलको आक्रोश किन बढेको हो ?

पल शाहलाई नेपाली फिल्ममा स्थापित हुन अझै समय लाग्छ । उनी अहिले  उदाउँने क्रममा मात्र छन् । तर, पलमा हिजोआज आक्रोश भने बढ्न थालेको छ ।

अभिनेता पल शाहले अभिनेत्री आँचल शर्मा र पत्रकारविच भनाभन हुँदा पत्रकारलाई जागिर सिकाए । उनले राती १० बजे विमानस्थलमा पुग्नु पत्रकारको काम भएको भन्दै पत्रकारलाई जागिर सिकाएका थिए ।

पत्रकारलाई काम सिकाएका पललाई फेरि रिस उठेछ । खै उनको रिस के कारणले हो ? उनले अहिले फेरि नेपाली फिल्ममा तरण आर्दश नभएको भन्दै लेखेका छन् ।

पललाई अब एकाएक बलिउडका समिक्षक तरण आदर्शको याद किन आएको हो ? अब यसरी नै कुरा गर्ने हो भने त नेपाली फिल्ममा साहरुख खान, सलमान खान, रणवीर सिंहहरु पनि भएनन् भन्दिए भैगयो त ?

पलजी नेपालमा भएको कुरामा नै रमाउने हो कि ? आक्रोशले फाइदा गर्दैन । दिमाग ठन्डा राख्नुहोस् ।