‘सत्यम शिवम सुन्दरम्’ इन्ड क्ल्याप

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति नेपाली फिल्म ‘सत्यम शिवम सुन्दरम’ को छायांकन सम्पन्न भएको छ । सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा, सन्तोस प्रगाढ , इन्दिरा जोशीको अवाजमा सजिएको गीतसगैँ फिल्मको छायांकन समाप्त भएको फिल्मका निर्देशक शंकर अधिकारी घायलले बताए ।

फिल्ममा नव नायिका कृति क्षेत्रले यहि फिल्म मार्फत नेपाली सिने जगतमा पाइला चालेकी छन । उनको साथमा फिल्ममा  बिमला गिरी ,राजन महर्जन धनराज सुब्बा , अन्जना श्रेष्ठ , रिचा भण्डारी ,सुजित यादव,ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान ,रमेस घतानी र निशा भुजेलको अभिनय रहेको छ ।

फिल्ममा नरेश ऐरको छायांकन, देव महर्जन को द्वन्द, राजन महर्जन र सुरेस पाण्डे को नृत्य बिपिन कटुवालको शृङार रहेको छ । सपना देख्ने हरु को सपना पूरा हुन्छ कि हुदैन भन्ने मुख्य आशयलाई फिल्ममा समावेश गरिएको छ । आगामी हरितालिका तिजमा फिल्म प्रद्र्धशन गर्ने समेत निमार्ण पक्षले बताएको छ ।