अन्जु पन्तको ‘आकाशका जुन तारा’

गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको गीत ‘आकाशका जुन तारा’ सार्वजनिक भएको छ । लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । भिडियोमा किरण चैसिरको छायाँकन,  मनोज कार्किको सम्पादन,  राज केसीको निर्देशन रहेको छ । भिडियोमा नायिका बेनिसा हमाल र प्रनिप राज अधिकारीको फिचर्ड छन् ।