‘कुल्ली नम्बर १’ रिमेकमा सारा इन आलिया आउट

बलिउड अभिनेता गोविन्दाको सुपरहिट फिल्म ‘कुल्ली नम्बर १’ को रिमेक बन्ने भएको छ । उक्त रिमेकमा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको मुख्य भूमिका रहने निर्माण पक्षले जानकारी दिएको छ ।

डेबिड धवनले निर्देशन गरेको ‘कुल्ली नम्बर १’ को रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । यस फिल्मका लागि पहिले अभिनेत्री आलिया भट्टलाई अफर गरिएको थियो । तर टिमको आलियासँग कुरा नमिलेपछि सारालाई अफर गरिएको हो ।

अहिले अभिनेता वरुण फिल्म ‘कंलक’ को प्रचार र ‘स्ट्रिड डान्सर ३’ को छायांकनमा व्यस्त छन् । त्यस्तै, अभिनेत्री सारा ‘लभ आजकल २’ को छायांकनमा व्यस्त छिन् ।‘कुल्ली नम्बर १’ को छायांकन वरुण र साराले हाल काम गरिरहेका फिल्मको छायांकन सकिएपछि सुरु हुनेछ ।