फ्राइडे रिलिज:द म्यान फ्रम काठमाडौँ, जानीनजानी र पुरानो बुलेट

आज चैत १ गते शुक्रबार ३ वटा नेपाली फिल्म प्रर्दशनमा आएका छन् । फिल्म पुरानो बुलेट, द म्यान फ्रम काठमाडौं र जानी नजानीले एक अर्कामा ब्यवसायीक प्रतिष्पर्धा गर्न लागेका हुन् ।

फिल्म पुरानो बुलेटमा मुख्य कलाकार अनुप बिक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बु रहेका छन् भने कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राईले फिल्म निर्देशन गरेका हुन् ।

फिल्म ‘जानी नजानी’ मा मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह र डेब्यु गर्ल निरिशा बस्नेतको अभिनय रहेको छ  । यसका साथै प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय फिल्ममा रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत बसन्त अधिकारी निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

फिल्म ‘द म्यान फ्रम काठमाडौँ’ नेपालमा बनेको पहिलो अंग्रेजी फिल्म रहेको छ । फिल्म निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेका हुन् । फिल्ममा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह,  आना शर्मा,  शिशिर बाङ्देल,  कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी फिल्ममा रहेको छ ।