अब जेठ १७ मा ‘प्रेम दिवस’

- मेराेफिल्म

एकै दिन प्रदर्शनमा आउने भनेका दुई फिल्म ‘वीर विक्रम २’ र ‘प्रेम दिवस’ मध्ये प्रेम दिवसको प्रदर्शन मिति परिवर्तन गरिएको छ । वितरक संस्था एकै भएकोले जेठ ३ बाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेम दिवस’ जेठ १७ बाट प्रदर्शनमा आउने भएको छ । दुबै फिल्मको वितरक कम्पनी एफडीका प्रबन्ध निर्देशक सुशील पोखरेलले आन्तरिक सहमतिमा नै फिल्म प्रदर्शन मिति हेरफेर गरिएको सामाजिक संजाल फेसबुकमार्फत बताएका छन् ।

म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रियंका कार्की, आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो ।

२०७५ चैत १ गते १२:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *