पोखरामा ‘साईली’

चैत १५ गते देखि प्रदशनमा आउन लागेको फिल्म ‘साइली’ टिम यति बेला प्रचारप्रशारको क्रममा चितवनको कार्यक्रम सकेर पोखरा  पुगेको छ । गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको हो । साईली गीतमा गौरव र मेनुका नै फिचर्ड थिए भने फिल्ममा पनि यहि जोडि मुख्य भुमिकामा छन् ।  गीतले बैदेशिक रोजागारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्मलाई नै फिल्मको मुख्य पाटो बनाईएको छ । तर फिल्ममा भने श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथालाई उठान गरिएको छ ।

फिल्मलाई  रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ । विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई लिएर नायक गौरब पहारी भने आशावादी छन् ।