पछाडी सर्यो ‘दाल भात तरकारी’

वैशाख १३ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘दाल भात तरकारी’ अब बैशाख २० बाट प्रदर्शनमा आउने भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण केसीले टेक्निकल काम नसकिएकाले प्रदर्शन मिति पछाडी सरिएको बताए ।

मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्म दाल भात तरकारीमा सुदन केसीको निर्देशन रहेको छ  । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ । फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।