‘दाल भात तरकारी’ शीर्ष गीत सार्वजनिक

फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा राजेश पायल राई र स्मिता दाहालको आवाज रहेको छ । गीतको संगीत संयोजन रिकेश गुरुङको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।

मह सञ्चार र किरण केसीले निर्माण रहेको फिल्म दाल भात तरकारीमा सुदन केसीको निर्देशन रहेको छ  । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ । फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।