दिपकको सरप्राइज : छक्का पन्जा २ पुनः हलमा

सुपरहिट फिल्म ‘छक्क पन्जा २’ पुनः हलमा प्रर्दशन गरिने भएको छ । फिल्म वैशाख १३ गतेबाट हलमा लाग्दैछ । सोहि मितिमा मह जोडीले निर्माण गरेको फिल्म ‘दालभात तरकारी’ प्रर्दशन हुँदै थियो । तर उक्त फिल्म सारेर वैशाख २० गतेबाट प्रर्दशन गरिदैछ । दालभात तरकारी सरेपछि ‘छक्का पञ्जा २’ टिमले उक्त मितिमा पुनः फिल्म रिलिज गर्न लागेको हो ।

‘छक्का पन्जा’ हलमा लाग्ने कुरा फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा वैशाख १३ गते पुनः प्रदर्शन हुँदैछ । विदेशमा रहनु हुने दर्शकका लागि सोहि महिना हेर्ने व्यवस्था मिलाइदैछ । जय नेपाली चलचित्र !’

फिल्म ‘छक्का पन्जा ३’ प्रर्दशनीमा आउँदा समेत २ युटुबमा नआएको भन्ने दर्शकको प्रतिक्रिया रहेको थियो । दीपकले युटुबमा फिल्मको प्रतिक्षा गरिरहेका दर्शकलाई हलमा लाग्ने खबरले ‘सरप्राइज’ दिएका हुन् । यद्पी विदेशमा रहेका दर्शकले फिल्म युटुवमा अपलोड गर्न दबाब दिइरहेका छन् ।