बालीमा प्रियंका र बेनिशाको हट हुने प्रतिस्पर्धा

दुइ अभिनेत्री एकैपटक एउटै स्थानमा गएपछि,  उनीहरुको तुलना हुनु नयाँ कुरा मानिदैन ।

अहिले हुने वाला पति आयुष्मान देशराजसँग अभिनेत्री प्रियंका कार्की इन्डोनेशियाको बालीमा छिन् । बालीमा नै पुगेकी छिन् अर्की अभिनेत्री बेनिशा हमाल । उनी साथी सिमोस सुनवार र आफ्नो टिमसँग बाली पुगेकी हुन् ।

बालीमा पुगेका दुइले प्रकृतीलाई जवानीको चुम्बन गराएका छन् । बालीमा पुगेर उनीहरुले विकिनीदेखि थुप्रै प्रकारका तस्बिर राखेका छन् ।

बालीको प्रतिस्पर्धा हेर्दा प्रियंका र बेनिशालाई को हट भनेर चर्चा पाउने भन्ने प्रतिस्पर्धा हो जस्तो लाग्छ ?

खुल्ने कुरामा त प्रियंकालाई कसैले पनि सक्दैन । तर, यसपटक एक्लै तस्बिरमा भएपनि बेनिशाले उनलाई कडा टक्कर दिएकी छिन् ।

बालीमा यी दुई अभिनेत्रीको खुल्ने प्रतिस्पर्धा त चलेको छ । तर, हलमा यी दुइको टक्कर कहिले परेको छैन । दर्शकले नै भनिदिनुपर्यो कि, बाली पुगेर हो हट बन्यो त ?