के दीपक लोभी नै हुन् ?

फिल्म छक्का पन्जा २ को रि रिलिज गर्न लागेपछि निर्माता दिपकराज गिरीलाई लोभी भएको आरोप आउन थालेको छ ।

दर्शकले हलमा छक्का पन्जा ३ हेरिसकेका छन् । तर, दिपकले वैशाख १३ गते छक्का पन्जा २ रिलिज गर्न लागेका छन् । यो फिल्मलाई युटुबमा राख्नका लागि दर्शकले माग गरेको धेरै भैसक्यो । गएको बर्ष नै रिलिज भएको यो फिल्मले १४ करोड कलेक्शन गरेको दाबी पनि दिपकको नै छ ।

तर, युटुबमा फिल्म रिलिज नभएर हलमा नै आउने भएपछि दर्शकले दिपकमाथि ट्रोल मात्र बनाएका छैनन्, उनी लोभी भएको आरोप समेत लगाउन थालेका छन् । वैशाख १३ मा दाल भात तरकारी रिलिज हुने फाइनल थियो । तर, एभेन्जर नामको हलिउड फिल्मले दाल भात तरकारीको होस उडाइदियो, फिल्म सर्यो ।

दिपकले हलिउड फिल्मलाई टक्कर दिने भन्दै छक्का पन्जा २ रिलिज गर्न लागेका छन् ।

फिल्म निर्माताको सम्पत्ती हो । त्यो  फिल्मलाई कहिले कहाँ रिलिज गर्ने भन्ने त निर्माताको अधिकार हो । यसैले दिपकले वैशाख १३ मा फिल्म फेरि रिलिज गर्छु भन्न पाउँछन् ।

तर, बैशाख १३ मा यो फिल्म रिलिज हुँदा दशैमा रिलिज हुन लागेको दिपकको अर्को फिल्मलाई असर पर्यो भने गर्ने के ?