वरुण धवनसंग लण्डनमा पूजा शर्मा

‘सम्हालिन्छ कहिले मन’शुटको क्रममा नायिकाले बलिउड एक्टर वरुण धवणलाई भेटेकी छन् । वरुणसँग खिचाएको फोटो पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् । फोटो राख्दै पूजा फेसबुकमा लेख्छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै खुशि देखिएकी छन् । पूजाको शिरमा वरुणले चुम्बन समेत गरेका छन् । जुन तस्बिर अहिले निकै नै भाइरल भएको छ ।

नायिका पुजा शर्मालाई  नेपाली फिल्म क्षेत्रमको  निकैनै चर्चित र अबल नायिकाको रुपम दर्शकले लिने गर्छन् । पुजा यती बेला लण्डनमा छिन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकन लण्डनमा भैरहेको छ । फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल लगायतको अभिनय रहेको छ ।