हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रज कलाकारलाई सम्मान गर्ने परम्पराको थालनी होस् भन्ने जमर्को गर्दै राजधानिमा एक कार्यक्रमको आयोजना गर्ने भएका छन् । ‘ट्रिब्यूट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम आगामी जेष्ठमा हुनेछ ।

घोषणा कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, रवी ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नायक हमालले अभिनय गरेका फिल्मका हिट संवाद र गीतको केही क्लिप्सलाई देखाइएको थियो ।

कार्यक्रममा बोल्दै नायक राजेश हमालले भने–‘मैले पनि पहिलो प्रश्न मलाई नै किन भनेर सोधेको थिएँ । तर, उहाँहरुको उद्देश्य पवित्र लागेर मैले हुन्छ भनेको हुँ । फिल्मी यात्रामा पाइने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो ।’ आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स भएको छैन ।