बिष्णु र गणेशको ‘सल्ला धुपैले’ (भिडियो)

गणेश गुरुङको ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीत पुनः सार्वजनिक भएको छ । ‘सल्ला धुपैले’मा गायक गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वर रहेको छ । गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि गुरुङले नै भरेका हुन् । जसमा कमल सौरागको संगीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य रहेको छ । भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।