अनमोल र सुहानाको ‘जिन्दगी नै भन्दिनँ’ युट्युबमा हिट

फिल्म ‘ए मेरो हजुर ३’ को पहिलो गीत ‘जिन्दगी नै भन्दिनँ’ युट्युवमा अपलोड भएको २ दिनमा नै नेपालको युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा आइपुगेको छ । शुक्रवार दिउँसो रिलिज भएको यो गीत आइतबार दिउसो नै नम्बर एकमा आउन सफल भयो । सुगम पोखरेल र प्रबिशा अधिकारीको आवाज रहेको ‘जिन्दगी नै भन्दिन’ गीतमा एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचर्ड छन् ।

फिल्ममा नायक अनमोल केसी गायकको भूमिका निर्वाह गर्दै छन् । लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने निर्देशन नायिका/निर्देशक झरना थापाको छ । डेब्यु नायिका सुहाना, सुनिल र झरानाकी छोरी हुन् । फिल्म चैत्र २९ गते देखि प्रदर्शनमा  आउने छ ।