दोश्रो ‘दि भ्वाइस’ औपचारिक घोषणा

गायन रियालिटी शो ‘दि भ्वाइस’ नेपालको दोश्रो श्रृङ्खला हिमालय टीभी एचडीमा असारबाट प्रशारण हुने बताइएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको बिषयमा जानकारी गराइएको हो । सिजन २ को डिजिटल अडिसनको समय अब एक साता अर्थात चैत १० मा सकिने छ ।

माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा करिब १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यले अडिसन दिएका छन् । ‘द भ्वाइस अफ नेपाल’को मोबाइल एप डाउनलोड गरेर जो कोहीले अडिसन दिन सक्नेछन् । साथै, फेसबुक, भाइबरलगायत म्यासेजिङ एपमार्फत पनि आफ्नो स्वर रेकर्ड गर्न सकिने बताइएको छ । अडिसनलाई सहज र सुलभ बनाउनका लागि यसपटकदेखि सामाजिक संजालमार्फत पनि स्वर पठाउन सकिने व्यवस्था गरिएको शोका निर्देशक एवं निर्माता लक्ष्मण पौडेलले जानकारी दिएका छन् । एएनसी इभेन्ट म्यानेजमेन्टले यो चर्चित रियालिटी शोलाई नेपाल भित्राएको हो ।