सुजन र कविताको ‘केवल कारैमा’

सुजन मार्पा तामाङ र कविता नेपाली पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् । कृष्ण भट्टराई र मीना निरौलाको स्वरमा रहेको ‘केवल कारैमा’ गीतमा सुजन र कविता देखिएका हुन् । सार्वजनिक गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ । भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ ।