रिचा घिमिरेको ‘सिम सिम पानी’ सार्वजनिक

फिल्म ‘तुलसी’को शीर्ष गीत ‘सिम सिम पानी’ सार्वजनिक भएको छ । गीतमा भारतीय गायिका आशा भोषलेको स्वर रहेको छ । फिल्म तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा संगीतकार रञ्जित गजमेरले संगीत भरेका छन् । मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रालिको ब्यानरमा बनेको फिल्ममा शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ । गीत कास्कीको धम्पुसमा स्थानीय बालबालिकाहरुका साथ अभिनेत्री ऋचा घिमिरेको साथ खिचिएको हो ।