साराको फिल्ममा काम गर्ने पारा कस्तो हो ?

- दिक्षा कट्टेल

अभिनेत्री सारा सिर्पालीले ३ वटा फिल्ममा काम गरेता पनि उनलाई लक लागेको छैन । उनी फिल्ममा हिट नहुदा चिन्ता गर्नेहरु पनि धेरै होलान् । किनकी, सारा चल्नुपर्छ भन्ने पनि होलान् ।

तर,  साराको फिल्ममा काम गर्ने पारा कस्तो हो ? साराले जात्रै जात्रा फिल्मको माया पिरिम बोलको गीतमा काम गरेकी छिन् । यो गीतमा काम गर्नका लागि साराले कलाकार हेरको बताइन् । निश्चल बस्नेत, करिश्मा मानन्धर, बर्षा राउत, विपिन कार्की लगायत नभएको भए आफूले फिल्मको यो गीतमा ननाच्ने साराको कुरा छ ।

एउटा गीतमा मात्र नृत्य गर्नका लागि साराले पुरै कलाकारको टोली हेरिछन् । तर, एउटा फिल्मको सिंगो हिरोइन हुनका लागि चै यसरी टिम हेर्नु पर्दैन । यसरी टिम हेरिदिएको भए साराको करिअर कती फुल्थ्यो होला ?

एउटा गीतमा मात्र खेल्नका लागि पुरै टिम नै हेर्छु भन्ने साराले फिल्मको छनोटमा भने आँखा चिम्लिन्छिन् त ? साराको फिल्ममा काम गर्ने पारा कस्तो होला के ?

२०७५ चैत ४ गते १५:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *