साम्राज्ञीको हट होली

राजधानीको मौसम अहिले पनि चिसो छ । शिवरात्रीदेखि नै गर्मी लाग्छ भन्ने सुनिन्छ । तर, होलीसम्म आउँदा पनि राजधानीको मौसमले गर्मी प्रवेश गराउन अप्ठ्यारो मानिरहेको छ ।

तर, अभिनेत्रीहरुको ड्रेसअप हेर्दा गर्मी लागेको जस्तो लाग्छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि राजधानीमा गर्मी लागेको भान गराएकी छिन् ।

उनले पनि आज होली मनाइन् । होलीमा रमाउने क्रममा साम्राज्ञी मुस्कान छाडिरहेकी छिन् । तर, उनको पहिरनले भने होली हट बनेको देखाउँछ ।

साम्राज्ञीले आफूलाई क्यामेरामा पोज दिन दिक्क लाग्ने र मुस्कुराउन मन नलाग्ने त उल्लेख गरिसकेकी छिन् । तर, होलीमा भने उनलाई मुस्कान नछाडी बस्न मन नलागेको हुनुपर्छ । यही भएर पनि उनी मुस्कुराएकी छिन् ।

तर, उनको पहिरनले होलीलाई हट बनाएको छ । अरु, हिरोइनहरुलाई पनि होली लागेपछि हट बन्ने रहर पलाएको हो कि ? साम्राज्ञीलाई त पलाएछ ।