ओलीले अनमोललाई नचिनेकै हुन् त ?

अभिनेता अनमोल केसी प्रधानमन्त्री केपी शर्मा ओली फिल्म हेर्न आएपछि डराए । अभिनेता केसीलाई यस्तो डर यसअघि थिएन । तर, यसपटक भने उनको मुटु काप्यो । कारण, ओलीले फिल्म हेरेपछि के भन्दिएलान् भनेर हो ।

तर, फिल्म हेरेपछि अनमोल केसीको बारेमा ओलीले दिएको प्रतिक्रिया रोचक छ । ओलीले त अनमोल केसीलाई नै चिनेनन् । उनले त आफूलाई इशान खड्का नै उत्कृष्ट लागेको भनेर बताइदिए । ओलीले यसो भन्दा अनमोल केसी खुशीले नमस्कार गरिरहेका थिए ।

फिल्म क्याप्टेनमा अनमोल इशान खड्का नामको प्लेयरको भूमिकामा छन् । यसैले ओलीले अनमोल केसीलाई होइन उनको भूमिकालाई मन पराएका हुन् ।

निर्माता भूवन केसीले कहिले उपराष्ट्रपति त कहिले प्रधानमन्त्रीलाई फिल्म देखाएर फिल्मको हल्ला गर्न छाडेका छैनन् । यसको प्रत्यक्ष फाइदा अनमोललाई पनि भएको छ । अब, भूवनले फिल्म अझै कती तन्काउलान् ?