फ्राइडे रिलिज : कागजपत्र र प्रेमलीला

फ्राइडे रिलिज अन्तर्गत आज चैत ८ गते हलमा दुई फिल्म प्रदर्शनमा आएका छन् ।  भारतीय कलाकार समेतको अभिनय रहेको फिल्म प्रेमलिला र अस्ट्रेलियाजान कै लागि गरिने फर्जी बिवाह र समस्याको कथा समेटिएको फिल्म ‘कागजपत्र’ व्यवसायीक प्रतिष्पर्धामा उत्रिन लागेका हुन्  ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म प्रेमलिलामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ । फिल्ममा मुख्य कलाकार दीपशिखा खड्का, अलि खान र मौसम खड्कासंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्म ‘कागजपत्र’ मा नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक तथा लेखक अपिल बिष्टरहेको फिल्मको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।