सलल बग्ने गण्डकी नदी (भिडियो)

गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा गीत ‘सलल बग्ने गण्डकी नदी’ सार्वजनिक भएको छ । राजु तोलाङगी गुरुङको शब्द तथा लय सिर्जना रहेको लोक गीतमा मौलिक भाकालाई समेटिएको छ । सालैजो भाकामा तयार गरिएको गीतमा मौलिक लोक शब्द लाई प्रचुर मात्रामा प्रयोग गरिएको छ । गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ ।  विकाश तामाङको छायाँकन , निरोत्तम पाण्डेको सम्पादन , सुजन सुर्खेती गोरखालीको निर्देशन मा भिडियो तयार गरिएको छ । भिडियोमा सुजन र रिनुको अभिनय रहेको छ ।