किसर लेडी बन्ने लयमा शिल्पा

अभिनेत्री शिल्पा मास्केलाई २ वटा फिल्ममा काम गरेपछि दर्शकले नोटिस गरेका पनि छन् । उनलाई फिल्ममा पनि राम्रो माइलेज मिलेको पनि छ ।

तर, शिल्पाको अभिनय त एकातिर छ, अर्कोतिर उनको चुम्बनको चर्चा पनि सिने गल्लीमा चल्न थालेको छ ।

शिल्पाले अभिनय गरेको फिल्म दि ब्रेकअपमा चुम्बनको त ताती नै  थियो । शिल्पाले अभिनेता आशिरमान देशराज जोशीसँग चुम्बनको बर्षा गरिदिइन् ।

दोश्रो फिल्म कागजपत्रमा उनको भूमिका र पहिरन हेर्दा यसमा भने उनको चुम्बन छैन जस्तो सोच बन्न सक्छ । तर, अभिनेता नाजिर हुसेनसँग उनले चुम्बनको ताती लगाएकी छिन् । द ब्रेकअपमा जस्तै उनी र नाजिरको लिप किस फिल्म कागजपत्रमा देख्न पाइन्छ ।

शिल्पा अभिनयमा केही गर्न यो फिल्म बजारमा आएकी हुन् । तर, उनको लाइन त अब लेडी किसर तिर पो देखियो त ।

शिल्पालाई राखेपछि चुम्बन राख्नैपर्ने नजिर बस्न सक्छ अब । कथाले चम्बन माग्छ कि शिल्पा राखेपछि चुम्बन नै चाहिने हो ? वुझ्न सकिएन ।