पहिरन राम्रो लगाएको काम भएन क्या बर्षालाई

अभिनेत्री बर्षा सिवाकोटी अहिले त बोलीका कारण हिट छिन् । स्टारकिडलाई संचारमाध्यमले महत्व दिएको, युटुबमा केही कलाकारलाई पर्सनल जस्तै बनाएको भन्दै उनले संचारमाध्यमको उछितो काटेकी छिन् ।

बर्षा सिवाकोटीको यो कुरालाई समर्थन र विरोध दुबै मिलेको छ । बर्षा सिवाकोटी बिहिबार बेलुकी फिल्म कागजपत्र हेर्नका लागि हल पुगेकी थिइन् । फिल्मकी अभिनेत्री बाहेक अभिनेत्रीको रुपमा उनी मात्र देखिइन् । बर्षा यो फिल्मको प्रिमियरमा कपडामा पनि सजग भएर आएकी थिइन् । तर, बर्षाको पहिरनमा संचारमाध्यमको आँखा परेन ।

बर्षा आएको र गएको पत्तो कमैले पाए । यही भएर पनि उनी पहिरन राम्रो लगाएर पनि गतिलो फोटो खिच्नबाट बन्चित रहिन् ।

फेरि बर्षाले भनिदेलिन्, अरुले जस्तो लगाएपनि टन्नै फोटो आउँछ, मेरो यति राम्री बन्दा पनि आएन । यहाँ पनि विभेद छ ।