‘लप्पन छप्पन २’मा अनुपसँग रोमान्स गर्दै सुर्बिना, दोहोरेलिन वर्षा ?

गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’को सिक्वेल बन्ने भएको छ । ‘लप्पन छप्पन २’ शिर्षकमा बन्ने फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने छन् । फिल्ममा लप्पन छप्पनका अधिकांश कलाकार दोहोरिने छन् ।

लप्पन छप्पनमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, नायिका वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका रहेको थियो । ‘लप्पन छप्पन २’मा दयाहाङ राई, सौगात मल्ल, अनुप बिक्रम शाही, देव कुमार, सन्नी ढकाल, सुर्बिना कार्कीसंगै केही विदेशी कलाकार मुख्य भूमिकामा देखिनेछन् ।

लप्पन छप्पनमा फिमेल लिडमा रहेकी नायिका वर्षा सिवाकोटी भने ‘लप्पन छप्पन २’मा दोहोरिने या नदोहोरिने यकिन भएको छैन । ईपी एजुकेसन अस्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्सको प्रस्तुतीमा बन्ने फिल्मलाई चिज कुमार श्रेष्ठ र प्रजापती सिवाकोटीले निर्माण गर्न लागेका हुन् ।