पल शाहको ‘१४ अञ्चल ससुराल’

पल शाहले मोडलिङ गरेका म्यूजिक भिडियो ‘१४ अञ्चल ससुराल’ सार्वजनिक भएको छ । यो भिडियोमा पलले सारा सिर्पालीसँग जोडी बाँधेका छन् । खुमन अधिकारीको स्वरमा रहेको यो गीतमा अराज केशवले र्याप हानेका छन् भने माधव न्यौपानेको शब्द तथा संगीत छ । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।