अन्जुको गीतमा दिलिपको अभिनय

अन्जु पन्त र जगदिस समालको आवाज रहेको गीतमा चर्चित कलाकार दीलिप रायमाझीले अभिनय गरेका छन् । सुरेश वाग्लेको शब्द रहेको गीत ‘बिस्तारै’ मा किरण श्रेष्ठको संगीत र किरण कंडेलको संगीत संयोजन रहेको छ । विकी पुलामीको निर्देशन रहेको भिडियोमा दिलिपको साथमा अकेशा विस्ट छिन । सागर शंकरको छायांकन रहेको भिडियो सम्पादन फिराज अर्पणको रहेको छ।