‘छपाक’ की मालती दीपिका पादुकोण

फिल्म ‘छपाक’ को फस्ट लुक सार्वजनिक भएको छ । फिल्ममा दीपिका पादुकोण मूख्य भूमिकामा देखिदैंछिन् । फिल्ममा दीपिका मालतीको भूमिकामा देखिने छन् । मेघना गुल्जारको निर्देशनमा बन्ने फिल्म आगामी वर्षको जनवरी १० मा प्रदर्शनमा आउने छ।
फिल्म एसिड आक्रमणबाट बचेकी एक युवती लक्ष्मी अग्रवालको वास्तविक जीवनमा आधारित रहेको छ । विवाह गर्न नमानेको भन्दै उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर एसिड प्रहार गरेका थिए । सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन् ।