मख्खमाली फूल (भिडियो)

सुजन लिम्बु र अमृता लिम्बुको आवाजमा ‘मख्खमाली फूल’ सार्वजनिक भएको छ । गीतमा साक्तिम युंगको शब्द, तारा प्रकाश लिम्बुको संगीत र बुलेट हांग तिगेलाको संगीत संयोजन रहेको छ । हेरुका लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा हेरुका लामा र एलिना गुरुङ फिचर्ड छन् । बुलेटकै छायांकन रहेको भिडियो दिपक तामांगले सम्पादन गरेका हुन् ।