सामाजिक सेवामा मिलन, असहाय बिद्यार्थीको सहयोगार्थ साङ्गितिक यात्रा गर्दै

‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो ।

बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर्दै ‘मिलन च्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी ३० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।

अग्रगामी समुह बेलायत, आदीबासी चलचीत्र महासंघ बेलायत र मिलन च्यारीटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलीत रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ ।

शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमा अध्ययन गरीरहेका छन् । गायीका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमीत सहयोग गर्दै आएकी छन् ।

मिलन च्यारीटी फाउण्डेसन मार्फत बेलायतबाट सुरु भएको मिलन नेवारको साङ्गितिक यात्रा अन्य विभिन्न देशसँगै नेपालका विभिन्न शहरमा समेत आयोजना हुनेछ ।