आर के खत्रीको ‘सिंगल छु’ सार्वजनिक

आर.के खत्रीको आवाज रहेको गीत ‘सिंगल छु सार्वजनिक भएको छ । नविन प्रभातको शब्द रहेको गीतमा खत्री स्वयम्ले संगीत भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङको हो । भिडियोमा भिमफेदी गाइज र अलिशा राईको नृत्य रहेको छ । गायक खत्रीलाई पनि भिडियोमा देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा छायाङ्कन र सम्पादन पवन सुस्लिङको रहेको छ ।