‘केसरी’ ले तोड्यो ‘गली ब्वाई’ को रेकर्ड

अक्षय कुमारको फ़िल्म केसरीले राम्रो ब्यापार गरिरहेको छ । सोमबारको दिन अर्थात भारतमा सनिवार र आइतबारको बिदा पछी पनि फिल्मले राम्रो ब्यापार गरेको हो । कामको चापका बावजुत दर्शक हल सम्म गएका छन् ।

खबर अनुसार केसरीले सोमबारको दिन ८.२५ करोड़ भारतीय रुपैयाँ कलेशन गरेको छ । फिल्मको ५ दिनको कलेशन जम्मा ८६.३२ करोड़ भारतीय रुपैयाँ पुगेको छ ।

केसरीले सुरुवाती दिन भन्दा आइतबार कलेसन बढी गरेको थियो । फिल्मले आइतबार २१.५ को करोडको ब्यापार गरेको थियो । केसरीले रणवीर  सिंहको ‘गली ब्वाई’ को रेकर्ड तोडको छ । उक्त फिल्मले ओपनिंगको चारदिनमा ७२.४५ करोड़ भारतीय रुपैयाँ कलेसन गरेको थियो । तर केसरीले अजयको टोटल धमालको तीन दिनको रेकड भने तोड्न सकेन ।