‘ए मेरो हजुर ३’ मा अनमोलको डबल रोल !

फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । नायिका तथा निर्देशक झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा युवा स्टार अनमोल केसी, डेब्यु नायिका सुहाना थापा, अभिनेता सलोन बस्नेत, सरोज खनाल, रेअर राई लगायत मुख्य भूमिकामा छन् । फिल्ममा साङ्गितिक प्रेम कथा समेटिएको सार्वजनिक ट्रेलरले प्रस्ट्याउँछ ।

ट्रेलरमा फिल्मका मुख्य पात्र अनमोल केसीका दुई क्यारेक्टर देखाइएको छ । एक तिर अनमोललाई स्टार गायकको रुपमा प्रस्तुत गरिएको छ भने अर्को तिर ब्याक लागेका विद्यार्थी घनश्याम महर्जनको भूमिकामा अनमोल देखिएका छन् । यी दुई पात्र एकै हुन् या फरक फरक त्यो त फिल्म प्रदर्शनमा आए पश्चात थाहा होला । तर, ट्रेलरमा देखाइए अनुसार हेर्ने हो भने ‘ए मेरो हजुर ३’मा अनमोलको डबल रोल रहेको अनुमान लगाउन सकिन्छ ।

अनमोल विशेषत लभ स्टोरी फिल्ममा रुचाइएका छन् । पछिल्ला केही फिल्ममा उनले ट्रयाक चेन्ज गरे । फरक भूमिकामा अनमोल सोचे अनुरुप सफल हुन सकेनन् । ए मेरो हजुर ३ बाट उनी फेरी लभ स्टोरी जनरामा फर्किएका छन् । लभ स्टोरीमा उनको पुनरागमन कत्तीको फलदायी हुन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ । फिल्मको ट्रेलर आज दिउसो एक बजे युटुव मार्फत सार्वजनिक हुदैछ ।