बोर्ड अध्यक्ष हुनुभयो, अब आफ्नै फिल्मलाई कारवाही गर्नुहुन्छ ?

पहिलो कुरा त कुनै पनि काम गर्नका लागि कुनै संस्थामा पुगिराख्न नै पर्दैन । तर, चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराइले पदलाई नै ठूलो ठानिएको देखिएको छ ।

यात्रा फिल्मका उनी प्रस्तुतकर्ता हुन् । यो फिल्ममा भद्दा संवाद छ । यी संवाद सेन्सर नगरी किन ट्रेलर बनाएको भन्ने प्रश्न उठ्दा बोर्ड अध्यक्षले आफू बोर्डको पदभार ग्रहण नगरिसकेको बताएका थिए ।

तर, अहिले बोर्ड अध्यक्षमा केशवले पदभार ग्रहण गरिसकेका छन् । बोर्ड अध्यक्ष भैसकेपछि सबै फिल्मलाई बराबर गर्नुपर्छ । के अब यात्रा फिल्मका निर्माता र हालका बोर्ड अध्यक्षले आफ्नै फिल्मको ट्रेलर सेन्सर नगरी देखाएकोमा कारवाही गर्लान् त ?

केशवले आफू पदमा नरहेको भन्दै पदमा नपुगेकी केही गर्न नसक्ने बताएका थिए । के सबै काम गर्नका लागि पदमा नै पुग्नुपर्ने हो र ? होइन भने पद नै खोजेका भट्टराइले अब यात्रा ट्रेलरमा सेन्सरको कैची लाउलान् कि के गर्लान् त ?