शिव परियारको ‘नभन मेरो भाग्य’मा मस्तिष्क पक्षघातको कथा

बुधबार राजधानीमा मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’ सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गीत बिमोचन गरेका हुन् । मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा  सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर हरि प्रभा खड्गि श्रेष्ठ, अभिनेता सरोज खनाल लगायत अतिथिकाका रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेका हुन् ।

गायक शिव परियारको स्वर तथा नरेश कुमार प्रधानको शब्द रहेको गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतमा अभिनेता सरोज खनाल, सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश  लामाले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई  बिकाश धमलाले सम्पादन गरेका हुन् ।