हलमा मात्रै ‘शुभलभ’ युट्युवमा नआउने

भोलीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शुभलभ’ सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक नहुने भएको छ । निर्देशक सन्तोष बाबु लोहनीले हलमा जस्तो युटुवमा फिल्म हेर्न रमाइलो नहुने भन्दै युट्युबमा रिलिज नगर्ने निर्णय गरिएको बताए । युटुवमा राख्दा ब्याकग्राउण्ड मुजिक समेत बिगारिने कारण दिदै उनले यो फिल्म हेर्न दर्शक हल मै जान पर्ने समत बताए ।

लभ स्टोरी फिल्ममा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेको छ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहेको छ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको छ । फिल्म ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने छ ।