‘यात्रा’ ट्रेलर ट्रेण्डिङको पहिलो स्थानमा

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक भएको तेस्रो दिनमै ट्रेण्डिङ नम्बर एक मा पुग्न सफल भएको छ। दर्शकले यसलाई रुचाउदै गएपछि यसले ट्रेण्डिङमा आफ्नो स्थान बनाएको हो ।  ट्रेलरमा सलिनको एक्सन र रोमान्स दुवैलाई देख्न पाइन्छ। फिल्मको सार्वजनिक ट्रेलरमा कथासार देखाइएको छ ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन । ट्रेलर रिलिज गरिएको चौथो  दिनमा ६ लाख १ हजार भ्युज सहित ट्रेण्डिङको पहिलो स्थान ट्रेलरले ओगटेको हो ।

फिल्ममा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्म  संजय लामाले खिचेका हुन् भने कोरियोग्राफीमा प्रविन सिंह छन् ।  हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा सँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेको छ।